जापानी अर्बपतिले खुलाए निःशुल्क चन्द्रमामा जाने अवसर, विश्वभरबाट भरियो तीन लाख आवेदन

काठमाडौं । जापानका अर्बपति यासुका मीजावाले चन्द्रमामा निःशुल्क जाने अवसर प्रदान गर्ने भएका छन् । मीजावाले सन् २०२३ मा हुने चन्द्रमाको ६ दिने यात्राका लागि विभिन्न देशका आठ जनालाई निःशुल्क लैजाने घोषणा गरेका हुन् ।

घोषणा गरेसँगै विश्वका विभिन्न मुलुकबाट चन्द्रमामा जानका लागि आवेदन दिनेको ओइरो लागेको छ । अहिलेसम्म तीन लाखभन्दा बढीले आवेदन दिइसकेका छन् । आवेदन दिनेमा सबैभन्दा धेरै सङ्ख्या भारतीयको छ भने त्यसपछि क्रमशः अमेरिका, जापान, फ्रान्स र ब्रिटेनका नागरिक रहेका छन् ।

मीजावाले एलन मस्कको स्पेसएक्ससँगको सहकार्यमा चन्द्रमामा जाने तयारी गरेका हुन् । आवेदन यही १४ मार्चसम्म दिइसक्नु पर्नेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?