अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वास्थ्य शिविर सञ्चालन गरिने

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस २०२१ को अवसरमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

फागुन २४ गते सोमवार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा थाइराइड, सुगर, आँखा तथा दन्त शिविर हुन लागेको हो ।

चेन फार्मेसी प्रालि, आई केयर चस्मा पसल, यूनिभर्सल डेण्टल क्लिनिकको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।

उक्त स्वास्थ्य शिविरमा आँखा तथा दन्त निशुल्क परीक्षण गरिने आयोजकले जनाएको छ । त्यस्तै थाइराइड, सुगर परीक्षणको शुल्क ५ सय मात्र रहेको जनाइएको छ ।

सोमवार चेन फार्मेसी बसुन्धरामा उक्त शिविर सञ्चालन हुन लागेको हो । यसअघि पनि तीन वटै स्वास्थ्य संस्थाले विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?