बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार

RSS
0
Shares

काठमाडौँ– बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

बेलायती महामारी एलिजावेथ द्वितीयका श्रीमान् ९९ बर्षीय फिलिपलाई लामो समयदेखि मुटुसम्वन्धी समस्या भएकाले अहिले उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार भएकाले उनले सहज महसुस गरेको बेलायती राजदरबार स्रोतले बिहीबार जनाएको छ ।

उनलाई सुरुमा भर्ना गरिएको अस्पतालबाट गत सोमवार अर्को अस्पतालमा स्थानान्तरण गरिएको थियो । झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार गराइरहेकोमा अपेक्षित सुधार नभएपछि उहाँलाई अर्को अस्पताल लैजानु परेको अधिकारीहरुको भनाइ छ ।

लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उहाँलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो । त्यहाँ लगेको केही दिनमै उनको स्वास्थ्यमा सुधार आएको दरबारले नै जनाएको छ ।

राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?