कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीय मारिए

काठमाडौँ– कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ। दोहोरो फायरिङ हुँदा एक जनाको मृत्यु भएको बताइएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकै दोहोरो भिडन्त भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गस्तीमा रहेको प्रहरीमाथि भारतीय तस्करले गोली प्रहार गरेका थिए। त्यसपछि प्रतिरक्षा गर्न नेपाली पक्षले पनि जवाफी गोली प्रहार गर्दा भारतीय तस्करको मृत्यु भएको हो ।

चार जनाको समूहमा आएका भारतीय तस्करले गस्तीमा रहेको ईलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीमाथी गोली प्रहार गरेको थियो। भारतीय तस्करको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार अन्य ३ जना तस्कर भने फरार भएका छन्। उनीहरुको साथबाट लागूऔषध र नक्कली नोट बनाउने कागजात पनि बराबर गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापा नेतृत्वको टोली अहिले घटनास्थलतर्फ गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?