प्र्यांक भिडियो बनाउन चक्कु लिएर दौडिँदै थिए यूट्युबर, आत्मरक्षाका लागि युवकले चलाए गोली

काठमाडौं । खानपिन, लवाइखवाइमा मात्र होइन आजकल युवावर्गहरुको मनोरञ्जनात्मक गतिविधिहरुमा समेत व्यापक परिवर्तन आएको छ ।

तिनै गतिविधिमध्ये एक हो प्र्यांक ।

अपरिचित व्यक्तिसँग झुट बोलेर, झुक्याएर अथवा भ्रामक अवस्था सिर्जना गरिदिएर उनीहरुको प्रतिक्रियाको भिडियो बनाउने कार्यलाई भनिन्छ ‘प्र्यांक’ ।

सार्वजनिक स्थलमा कसैले तपाईलाई उट्पट्याङ प्रश्न सोध्न थाल्यो भने वरिपरि हेर्नुस् कतै कुनामा क्यामेरा लुकाइएको हुनसक्छ ।
कसैले पत्याउनै गाह्रो पर्ने कुरा भनेर सहयोग माग्यो अथवा कुनै असामान्य गतिविधि गर्न आग्रह ग¥यो भने दोहो¥याएर नसोची वरिपरि नियाल्नुस् कसैले टाढैबाट क्यामेरा तेर्साइरहेको हुनसक्छ ।

आजभोलि यूट्युबमा भिउज र लाइक्स कमाउने नाममा यस्तो भइरहन्छ ।

मनोरञ्जनका नाममा गरिने यस्तो अभ्यासले भिडियोमा ‘उल्लु’ बनाइएका सर्वसाधारणको मानहानी गर्ने मात्र होइन कतिपय अवस्थामा विभिन्न दुर्घटना पनि निम्त्याएको छ । यहाँसम्मकी ज्यान पनि लिएको छ ।

अमेरिकाको नाशभिलमा अवस्थित एक पार्कमा यूट्युबका लागि ‘प्र्यांक’ भिडियो बनाउन गएका २० वर्षीय टिमोथी विल्क्सको गोली लागी मृत्यु भयो । हातमा चक्कु बोकेर आएको टिमोथीको समूहलाई देखेर एक २३ वर्षीय युवकले आत्मरक्षाका क्रममा गोली चलाएका थिए । पुलिसलाई बयान दिने क्रममा ती युवकले उनीहरु भिडियो बनाउन आएका थिए भनेर आफू अनभिज्ञ भएको बताए ।

यस्तै प्रकारका दुर्घटनाहरु हुने जोखिम बढ्दै गएकाले यूट्युबले हानिकारक प्र्यांकलाई ‘ब्यान’ गरिसकेको छ ।

नेपालमा पनि सार्वजनिक स्थलमा क्यामेरा बोकेर प्र्यांक भिडियो बनाउने ट्रेण्ड बढेको छ । शारीरिक चोट मात्र नभएर यस्ता हानिकारक प्र्यांकले मानसिक असर पनि पु-याउन सक्छ । भिडियोमा देखिने व्यक्तिको मानहानी हुने, अचानक केही कुराको खुलासा हुँदा ‘शक’ लाग्ने आदिजस्ता समस्याले मानसिक असर पु-याउन सक्छ ।

अभिभावकले आफ्ना छोराछोरी यस्ता गतिविधिमा संलग्न छन् कि छैनन् भनेर ध्यान पु¥याउन जरुरी छ । युवा पुस्ताले पनि यस्ता मामिलामा संवेदनशील हुन जरुरी छ । लाइक्स र भिउजको नाममा कसैको ज्यान नै धरापमा पार्ने काम चाहिँ गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?