काठमाडौं । चीनले नेपाली भूमि अतिक्रमणको क्रम अझै रोकेको छैन । हुम्लामा भौतिक संरचनाहरु बनाएर भूमि अतिक्रमण गरेको चीनले फेरि ताप्लेजुङको ओलाङचुङगोलामा पनि संरचनाहरु बनाएको पाइएको छ ।
नेपाल-चीन सीमा अध्ययन २०२१ को रिपोर्ट अनुसार चीनले नेपालका तीनवटा जिल्लामा भूमि अतिक्रमण गरेको पाइएको हो । नेपाल मानव अधिकार संगठनले तयार गरेको उक्त प्रतिवेदन अनुसार ताप्लेजुङको तिप्तला भञ्ज्याङमा पनि चिनियाँद्वारा नेपाली भूमि अतिक्रमण गरेको छ । उक्त प्रतिवेदनमा भनिएको छ, ‘उत्तरी सीमा क्षेत्र तिप्तला भञ्ज्याङमा चिनियाँ अतिक्रमण देखिन्छ । त्यसैगरी ओलाङचुङगोलाका स्थानीय अनुसार चीनले नेपाली भूमिमा भन्सार कार्यालयको संरचना बनाएको छ ।’
प्रतिवेदनमा गेटसहितको उक्त भवन चिनियाँ भूमि पर्ने चिनियाँ अधिकारीहरुले बताएको उल्लेख छ । प्रतिवेदनमा थप भनिएको छ, ‘स्थानीयहरुले विरोध गरेपछि चिनियाँ पक्षले नो म्यान्स ल्याण्डमा उक्त संरचनाहरु बनाएको बताएका थिए । तर, सरकारी अधिकारीहरुसँग बुझ्दा उत्तरी सीमा क्षेत्रमा कुनै नो म्यान्स ल्याण्ड निर्धारण नगरिएको पाइएको छ ।’
ओलाङचुङगोलाका स्थानीयहरुले भने चिनियाँ पक्षले उक्त भवनहरु नेपाली भूमिमा बनाएको बताइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया