यौन चाहना भएन ? यसकारण पनि हुन सक्छ

काठमाडौँ– शारीरिक सम्पर्क मानिसका लागि आवश्यक र प्राकृतिक क्रियाकलाप हो । तर, कतिपयलाई भने शारीरिक सम्पर्कमा कुनै चाहना हुँदैन, जुन स्वाभाविक होइन ।

शारीरिक कमजोरीका कारण मानिस यस्तो समस्याबाट गुज्रिरहेको हुन्छ । सेक्स गतिविधिप्रति इच्छा नहुनुका कारण शारीरिक र मानसिक दुवै हुन सक्छ । मानसिक कारणमध्ये डिप्रेसन सबैभन्दा प्रमुख कारण हो ।

कतिपय मानिसमा एग्जाइटी र पर्सनालिटी डिसअर्डरको कारण पनि यस्तो समस्या सिर्जना हुन सक्छ -पार्टनर मन नपर्दा, उसका गन्ध या स्वभाव मन नपर्दा पनि यस्तो समस्या सिर्जना हुन सक्छ । तर, यस्तो समस्याको निराकरण भने गर्न सकिन्छ ।

अण्डाशय, कलेजोमा आएको खराबी वा कुनै हर्मोनको गडबडीका कारण पनि मान्छेमा सेक्स चाहना नहुने समस्या हुन्छ । कुनै समय विशेष औषधि लामो समयसम्म प्रयोग गर्दा पनि यस्तो हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?