कोरोना अपडेट: ८७ जना संक्रमित, ६२ जना निको

RSS
0
Shares

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३३९ जनाको स्वास्थ्य परीक्षण गर्दा ३५ महिला र ४२ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक रहेको छ ।

नेपालमा आजसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ३८१ पुगेको छ । पछिल्लो समय थप ६२ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७० हजार ६०५ रहेको छ । निको हुनेदर भने ९८ दशमलव छ प्रतिशत रहेको छ ।

अहिले देशभर ७६६ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ५९ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २१ लाख ७३ हजार ५११ को पिसिआर परीक्षण भएको छ ।

पछिल्लो समय कोरोनाका कारण थप एकको मृत्यु भएको छ । योसँगै हालसम्मा दुई हजार ७७३ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?