यौन प्रकरणमा मुछिएपछि भारतका एक मन्त्रीद्वारा राजीनामा

RSS
0
Shares

काठमाडौँ– भारतको कर्नाटक राज्यका मन्त्री रमेश जर्किहोलीले बुधवार पदबाट राजीनामा दिएका छन् । आफूविरुद्ध यौन दुराचारसम्बन्धी मुद्दा दर्ता भएपछि पदबाट राजीनामा दिन उनी बाध्य भएका हुन् ।

उनको राजीनामा स्वीकृत गर्नका लागि कर्नाटक राज्यका मुख्यमन्त्रीले राज्यपाल भाजुभाइ भालालाई सिफारिस गरेका छन् । जर्किहोलीले जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले दिएको राजीनामा पत्रमा घटनाका बारेमा निष्पक्ष छानबिन गरेर सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ । तर अहिलेलाई भने आफूले नैतिकताका आधारमा राजीनामा दिएकाले स्वीकृत गर्न पनि उनले अनुरोध गरेका छन् ।

घटनापछि आमनागरिक पक्ष र विपक्षमा विभाजित भएका छन् । प्रहरी अधिकारीहरूले अनुसन्धान अगाडि बढाइसकिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?