भोलि देशभरका सबै अदालत बन्द हुने

काठमाडौं । भोलि (बिहिवार) देशभरका सबै अदालत बन्द हुने भएका छन् ।

सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधिस सुरेन्द्र प्रसाद सिंहको निधनमा भोलि (बिहिवार) एक दिन शोक बिदा दिइएको हो ।

९० वर्षीय सिंहको मंगलवार राति काठमाडौंको चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको सर्वोच्च अदालतका सहप्रवक्ता देबेन्द्र ढकालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?