एजेन्सी । अमेरिकाका एक वरिष्ठ सांसदले भारतको विद्युतीय प्रणालीमा भएको चिनियाँ साइबर हमलाको घटनामा आफ्नो रणनीतिक साझेदार भारतको पक्ष लिन अपिल गरेका छन् । मंगलवार एक ट्वीट गर्दै वरिष्ठ सांसद फ्रयाङ्क पालोनले भारतको विद्युतीय प्रणालीमा भएको चिनियाँ साइबर हमलाको घटनामा भारतको पक्ष लिन आफ्नो सरकारसँग अपिल गरेका हुन् ।
चिनियाँ आक्रमणका कारण कोरोना महामारीको समयमा भारतको अस्पतालमा विद्युत् आपुर्ती बन्द भएको भन्दै उनले शक्ति र धम्कीको आडमा चिनलाई यस क्षेत्रमा प्रभुत्व कायम गर्न दिन नसक्ने बताएका छन् ।
गत अक्टोबर १२ मा भारतको मुम्बईमा घन्टौंसम्म विद्युत् आपूर्ती बन्द हुँदा मुम्बईको जनजीवन अस्तव्यस्त बनेको थियो । उक्त घटनामा चिनियाँ सरकार ‘समर्थित’ साइबर ह्याकर्सको संलग्नता रहेको अमेरिकाको रेकर्डेड फ्युचरलाई उदृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया