कतारमा माग पत्र प्रमाणीकरणका लागि म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क खुलाउनैपर्ने

काठमाडौं । कतारका रोजगारदाताले नेपाली श्रमिक लैजान म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख गर्नैपर्ने व्यवस्था गरिएको छ । अब रोजगारदाताले म्यानपावरलाई सेवा शुल्क उल्लेख नगरे माग पत्र प्रमाणीकरण नहुने भएको छ ।

नेपालबाट श्रमिक पठाए बापत रोजगारदाताले नै म्यानपावरलाई सेवा शुल्क उपलब्ध गराउने भए पनि नेपाली श्रमिकले भने म्यानपावरले मागे जति रकम तिर्न बाध्य छन् । मार्च १ अर्थात् हिजोदेखि म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख नगर्ने रोजगारदाताको माग पत्र प्रमाणीकरण नगर्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

अब माग पत्र ल्याउँदा रोजगारदाताले अनिवार्य रूपमा म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख गर्नुपर्ने छ । यसअघि माग पत्र प्रमाणीकरणका लागि म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख गर्नुपर्ने व्यवस्था थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?