पाटेबाघको आक्रमण परि बेपत्ता थारुको शव फेला

काठमाडौं । बर्दियामा बाघले आक्रमण गरी बेपत्ता परेका बृद्धको शव क्षतविक्षत अवस्थामा भेटिएको छ। राजापुर नगरपालिका-१० कालाबन्जर निवासी ६५ वर्षीय लालबहादुर थारुलाई भैँसी चराउने क्रममा पाटेबाघले आक्रमण गरी बेपत्ता पारेको थियो।

गेरुवा गाउँपालिका ६ बाझपुरस्थित गेरुवा कर्णाली नदीको टापुमा गोठालो गएका थारुलाई हिजो (सोमवार) पाटेबाघले आक्रमण गरी बेपत्ता पारेको थियो । बेपत्ता भएको खबर पाउना साथ थारुको खोजतलास शुरु गरिएको थियो ।

थारुको शव पाटेबाघले खाएको अवस्थामा गोठालो गएको ठाँउ आसपासमा बेलुकी पख भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?