यो वर्ष कोरोना महामारी अन्त्य नहुने विश्व स्वास्थ्य संगठनको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यो वर्ष विश्व कोरोना भाइरसको महामारीबाट मुक्त नहुने चेतावनी दिएको छ । पछिल्लो हप्ता विश्वभर कोरोनभाइरस संक्रमितको संख्या बढेको जानकारी दिँदै डब्ल्यूएचओका आपत्कालिन निर्देशक माइकल रेयाले कोरोनाविरुद्धको लडाईंमा विश्वलाई यो वर्ष सफलता मिल्छ भन्ने सोच्नु गलत हुने बताए ।

डब्ल्यूएचओका प्रमुख ट्रेडोस घेब्रेसियसले पछिल्लो हप्ता यूरोप, अमेरिका र दक्षिण पूर्वी एसियाका देशहरुमा कोरोनाभाइरस संक्रमणको दर बढेकोप्रति चिन्ता व्यक्त गरे । पछिल्लो सात हप्तामा पहिलो पटक संक्रमण बढेको उनको भनाइ छ । उनले यो निकै निराशाजनक भएको बताए ।

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या झण्डै ११ करोड ५० लाख पुगेको छ । हालसम्म विश्वमा २५ लाख ४९ हजारभन्दा बढीले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?