कर्णाली । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा. मङ्गल रावललाई जिम्मेवारी दिएको छ ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेको चारवर्षे पदावधि सकिएपछि सो पद आइतवारदेखि खाली भएको थियो । प्रतिष्ठान जुम्लाका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले डा. रावललाई सोमवार निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।
यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा शिक्षाध्यक्ष र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको बताइएको छ । चार वर्ष अघिदेखि प्रतिष्ठानमा काम गर्दै आएका हुम्ला निवासी हाडजोर्नी विशेषज्ञ तथा एशोसिएट प्रोफेसर डा. रावल डेढ वर्षदेखि अस्पताल निर्देशकका रूपमा कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया