नीलगाईको आक्रमणबाट एक जनाको मृत्यु

RSS
0
Shares

चितवन । माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज (सोमवार) एक जनाको मृत्यु भएको छ ।

नीलगाईको  आक्रमणबाट माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङको  घटनास्थलमा नै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई अपराह्न २ः४० बजे नीलगाईले आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?