गिट्टी लोड गर्ने क्रममा ट्रलीले किच्दा एक जनाको मृत्यु

मोरङ । ट्याक्टरको ट्रलीले किच्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ रतुवामाई बस्ने ५१ बर्षीय गौरिमान खड्का रहेका छन् ।

खड्कालाई सोमवार (आज) दिउँसो साढे १ बजे उर्लाबारी-१ टपुखोलामा प्रदेश १-०४-०१त१२० नम्बरको ट्याक्टरमा गिट्टी लोड गर्ने क्रममा गौरिमानलाई ट्याक्टरको पछाडीको ट्रली पल्टेर किचेको थियो।

उनको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?