राष्ट्र विरोधी षड्यन्त्र गरेको आरोपमा हङकङमा ४७ जनाविरुद्ध मुद्दा दायर

एजेन्सी । हङकङ प्रहरीले ४७ जना प्रजातन्त्र समर्थक अधिकारकर्मीलाई सरकारविरुद्ध षड्यन्त्र गरेको आरोपमा मुद्दा दायर गरेको छ । आइतवार उनीहरुलाई राष्ट्र विरोधी षडयन्त्र गरेको आरोपमा ‘राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत’ पक्राउ गरिएको सरकारी अधिकारीलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

सन् २०२० को संसदीय चुनावमा विपक्षी दलका उम्मेदवार छान्न उनीहरुले अनधिकृत रूपमा प्रारम्भिक चुनाव गर्न सहयोग गरेको आरोप लगाइएको छ  । हङकङ सरकारले गत महिना ५५ जनालाई नियन्त्रणमा लिएको थियो । तीमध्ये ४७ जनालाई मुद्दा लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?