यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । आगामी तीन दिन प्रदेश १ का केही स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ । अहिले देशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रहेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन १७ गते (सोमवार)
आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राती प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

फाल्गुन १८ गते (मंगलवार)
मांगलवार दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली भइ बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
मंगलवार राती प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

फाल्गुन १९ गते (बुधवार)
बुधवार दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

बुधवार राती प्रदेश १ का पहाडी भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?