शिक्षकको जिल्लान्तर सरुवा फुकुवा

काठमाडौं । सरकारले शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन बाटो खुला गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज आइतवार सूचना जारी गर्दै गत पुस २० गते रोक्का भएको शिक्षकहरूको जिल्लान्तर सरुवा सर्तसहित फुकुवा गरेको हो ।

केन्द्रका शाखा अधिकृत भुवनेश्वर जोशीले जारी गरेको सूचनामा जिल्लान्तर सरुवाका लागि ६ वटा सर्त तोकिएको छ । अब शिक्षा विकास तथा समन्वय इकाइले जिल्लान्तर सरुवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै १ स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलान सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र गर्न सक्नेछ ।

दरबन्दी मिलान सम्पन्न नगरेका स्थानीय तहहरूमा जिल्लान्तर सरुवा तथा अन्तरस्थानीय तह सरुवा गर्न नपाइने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?