अम्बानीको घरबाहिर बम राखेको जिम्मेवारी आतंकवादी संगठन जैश उल हिन्दले लियो

एजेन्सी । भारतका खर्बपति तथा रिलायन्स इण्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको घरबाहिर भेटिएको विष्फोटक पदार्थ राखेको जिम्मेवारी आतंकवादी संगठन जैश उल हिन्दले लिएको छ । आज आइतवार टेलिग्राफ एपमार्फत उसले घटनाको जिम्मेवारी लिँदै रकम पठाउन चेतावनी दिएको छ ।

अनुसन्धान एजेन्सीलाई चुनौती दिँदै आतंकवादी संगठन जैस उल हिन्दले टेलिग्राममा भनेको छ: “रोक्न सक्छौ भने रोक, तिमीले केही गर्न सक्दैनौ। हामीले तिम्रो नाकैमुनि दिल्ली (इजरायली दूतावास)मा हमला गर्दा तिमीले केही गर्न सकेनौ।”

तर, मुम्बइ प्रहरीले भने उक्त दाबी पुष्टि गरेको छैन । प्रहरीले यसलाई आतंककारी संगठनको प्रचार स्टन्टको रूपमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?