पहाडी भेगका थोरै स्थानमा वर्षा र हिमाली भेगमा हल्का हिमपातको संम्भावना

काठमाडौं । आज देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको साथै उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको संम्भावना रहेको छ । अहिले देशका पहाडि भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ का पहाडी भू–भागहरुमा सामान्य बदली रही वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ का पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको समेत संभावना रहेको छ ।

यसैगरी आज राती प्रदेश १ का पहाडी भू–भागहरुमा सामान्य बदली रही वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार प्रदेश १ का पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?