अमेरिकामा जोनसन एण्ड जोनसनको खोप स्वीकृत, रेफ्रिजेरेटरमै भण्डारण गर्न मिल्ने

एजेन्सी । औषधी उत्पादक कम्पनी जोनसन एण्ड जोनसनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपले अमेरिकामा आपतकालिन प्रयोगको अनुमति पाएको छ । अमेरिकी नियामक निकाय यूएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले यो खोपलाई शनिवार सर्वासाधारणको प्रयोगका लागि स्वीकृति दिएको सीएनएनले जनाएको छ ।

यो भ्याक्सिन प्रयोग गर्न दिने अमेरिका विश्वकै पहिलो देश हो । एक डोज मात्रै लगाए पुग्ने यो खोपलाई सामान्य रेफ्रिजेरेटरमै भण्डारण गर्न सकिने कम्पनीले जनाएको छ ।

एक डोज मात्र लगाए पुग्ने दाबी गरिएको यो खोप निकै कम मूल्यमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यद्यपी खोपको मूल्य सार्वजनिक भइसकेको छैन ।

परीक्षणमा खोपको प्रभावकारिता ६६ प्रतिशत देखिएको कम्पनीको दावी छ । बेलायत, यूरोपेली संघ र क्यानडाले समेत यो भ्याक्सिन अर्डर गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?