श्रीलंकामा चिनियाँ खोप ‘सिनोफार्म’ले पाएन प्रयोगको अनुमति

एजेन्सी । चिनियाँ सरकारी कम्पनी ‘सिनोफार्म’ले बनाएको कोरोना भाइरसविरुद्धको खोपलाई श्रीलंकाली सरकारले रोक लगाएको छ । श्रीलंकामा सिनोफार्मको खोप प्रयोग गर्न अनुमति नदिइएको हो ।

सिनोफार्मले तेस्रो चरणको परीक्षण पुरा नगरेकाले उसलाई खोप प्रयोगको अनुमति नदिइएको श्रीलंकाली सरकारका प्रमुख प्रवक्ता डा. रमेश पथिरानालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

१४ करोड नागरिकको ज्यान हत्केला राख्न नसक्ने भन्दै उनले अब भारतले उत्पादन गरेको कोभिसिल्ड खोपलाई अनुमति दिइने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?