पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । अहिले देशका पहाडि भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हल्का कुहिरो र हुस्सु लागेको छ। पश्चिमी वायूको आंशिक प्रभावले आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना समेत रहेको छ ।

यस्तै आज राती पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?