प्रधानमन्त्री अ‍ोली र गौतमबीच एक घण्टा लामो छलफल, के भयो कुराकानी ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले भेटवार्ता गरेका छन् ।

बालुवाटारमा एक घण्टा लामो छलफलमा उपाध्यक्ष गौतमले पार्टी एकताको प्रस्ताव राखेका उनको सचिवालयले जनाएको छ ।

वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार भेटका क्रममा गौतमले ओलीलाई पार्टी एकताको प्रस्ताव राखेका हुन् । नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ बनेका गौतमले बिहीवार मात्रै दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ओलीलाई सम्मानजनक तरिकाले बिदाइ गरेर पार्टी एकता जोगाउनु पर्ने प्रस्ताव राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?