भारतको १८ राज्यमा कोरोनाको नयाँ प्रकार भेटिएसँगै निगरानी बढाइयो

एजेन्सी । भारतको १८ वटा राज्यमा कोरोनाभाइरसको नयाँ स्ट्रेन फैलिएको पत्ता लागेको छ । बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखिएको यो स्ट्रेन भारतका १८ राज्यमा १९४ केश पाइएको हो ।
कुल संक्रमित मध्ये १८७ जनामा बेलायतको भेरियेन्ट, ६ जनामा दक्षिण अफ्रिकाको र एक जनामा ब्राजिलको भेरिएन्ट पाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले यी राज्यमा अन्तर्राष्ट्रिय यात्रुमाथि निगरानी बढाएको छ । यसमा महाराष्ट्र, केरल, तेलंगाना, आन्ध्र प्रदेश, असम, पश्चिम बंगाल, तमिलनाडु, पञ्जाब जस्ता राज्य शामेल छन् ।

नयाँ संक्रमितको संख्या बढ्न थालेपछि महाराष्ट्र, केरला, तेलंगना, आन्ध्र प्रदेश, असाम, पश्चिम बंगाल, तमिलनाडु, पञ्जाब लगायतका राज्यहरुमा निगरानी बढाइएको दैनिक भास्करले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?