उत्तर प्रदेशका ४ हजार शिक्षकका सर्टिफिकेट ‘नक्कली’, सेवाबाट बर्खास्त गर्ने निर्णय सदर

एजेन्सी । भारत उत्तर प्रदेशका ४ हजार शिक्षकका ‘सर्टिफिकेट’ (शैक्षिक प्रमाणपत्र) खारेज गर्ने सरकारको निर्णयलाई त्यहाँको उच्च अदालतले सदर गरेको छ । इलाहाबादस्थित उच्च अदालतले अम्बेडकर विश्वविद्यालयबाट सन् २००४ देखि २००५ भित्र लिएका बीएडको सर्टिफिकेट नक्कली भएको प्रमाणित भएको फैसला सुनाएको हो ।

उत्तर प्रदेश सरकारले ती शिक्षकको सर्टिफिकेट नक्कली भएको भन्दै उनीहरुलाई सेवाबाट बर्खास्त गरेपछि ती सहायक शिक्षकले विशेष अपिल गरेका थिए । । अदालतले उनीहरुको अपिल खारेज गरिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि नै प्रदेश सरकारले बीएड सर्टिफिकेट नक्कली साबित गर्दै करिब ४ हजार शिक्षकलाई सेवाबाट बर्खास्त गरेको थियो भने अहिलेसम्म भुक्तान गरिएको तलब असुल्न शुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?