प्रदेश १ का सांसदसँग प्रधानमन्‍त्री ओलीको छलफल, प्रचण्ड–नेपाल समूहको रणनीतिका आधारमा कदम चाल्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का सांसदहरुसँग छलफल गरेका छन् । सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछि छलफल र परामर्शमा व्यस्त ओलीले आज शुक्रवार दिउँसो बालुवाटारमा आफू निकट प्रदेश १ का सांसदहरुसँग भेटघाट गरेका हुन् ।

प्रधानमन्त्रीसँगको छलफलमा पछिल्लो राजनीटिक घटनाक्रम, सत्ता समीकरण, पार्टी एकता र राजनीतिक स्थायित्वको विषयमा छलफल भएको बालुवाटार पुगेका एक सांसदले जानकारी दिए । करिब एक घण्टा भएको छलफलमा ओलीले अदालतको निर्णय मान्ने र फैसला कार्यान्वयन गरेर जाने जानकारी गराएको उनले बताए ।

ओली ‘प्रचण्ड–नेपाल’ समूहको रणनीतिका आधारमा कदम चाल्ने रणनीतिमा रहेका समेत उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?