गाई काटेको अभियोगमा ३ जना पक्राउ

काठमाडौं । बाँकेमा गाई काटेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

नरैनापुर गाउँपालिका १ का २८ वर्षीय अमित अन्सारी समेत ३ जनालाई आज (शुक्रवार) बिहान प्रहरीले पक्राउ गरेको हो ।उनीहरूलाई करिब १० केजी गाईको मासु सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपु र सिमा प्रहरी चौकी सुईयाबाट खटिएको प्रहरीले पक्राउ गरेका थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?