साइकल चढ्ने विद्यार्थीलाई छात्रवृत्ति

सुर्खेत । सुर्खेतको सिद्धपाइला क्याम्पसले साइकल चढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित उक्त क्याम्पसले साइकल चढेर क्याम्पस आवतजावत गर्ने विद्यार्थीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट गर्ने घोषणा गरेको हो ।

विद्यार्थीलाई शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राख्न र वातावरण प्रदूषण कम गर्न यस्तो अभियान शुरु गरेको क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले जानकारी दिए ।विद्यार्थीबाट शुरू भएको यो अभियानबाट आमनागरिकले पनि अनुशरण गर्ने सुवेदीले आशा व्यक्त गरेका छन् ।

साढे ४ सय विद्यार्थी अध्ययनरत सिद्धपाइला क्याम्पसमा अहिले ४/५ जना विद्यार्थीले मात्रै साइकल चढ्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?