सम्पदा मास्न महानगरले कमलपोखरीमा कंक्रिट प्रयोग गरेपछि अभियन्ताले भत्काइदिए ढलान

काठमाडौं । पुन:निर्माणका नाममा काठमाडौं महानगरपालिकाले कमलपोखरीको मध्यभागमा कंक्रिटको कमल ठड्याउन लागेपछि अभियन्ताहरुले त्यहाँ बनाइएको संरचना भत्काएका छन् । आज शुक्रवार माइतीघरदेखि मार्चपास गर्दै कमलपोखरीसम्म पुगेर प्रतिरोध गरेका सरोकारवालाहरुले कंक्रिटको संरचना भत्काइदिएका हुन् ।

सो क्रममा नागरिक अभियन्ता र प्रहरीबीच धरपकड समेत भएको छ । महानगरले पोखरीको केही क्षेत्रमा ब्युटिफिकेशन गर्ने भन्दै कंक्रिटको प्रयोग गरी संरचना निर्माण शुरु गरेपछि केही दिन देखि स्थानीय र अभियन्ताहरुले विरोध गर्दै आएका थिए।

अभियन्ताहरुले कंक्रिटको प्रयोगले सिमसार मानिएको कमलपोखरीको पानीको स्रोत विनाश हुने बताउँदै गर्दा महानगरले भने कमल पोखरीमा कुनै असर नपर्ने जिकिर गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?