भन्सार छली ल्याएको ५ लाख बराबरको कपडा बरामद

कञ्चनपुर । भन्सार छली ल्याएको विभिन्न कपडा प्रहरीले भिमदत्त नगरपालिका ४ बाट बरामद गरेको छ ।

करिब ५ लाख ४८ हजार ३ सय ६० रुपैयाँ बराबरको भन्सार छलि ल्याएको विभिन्न लत्ताकपडा हिजो बिहीवार दिउँसो प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भिमदत्त नगरपालिका ४ बसपार्क नजिक सडकबाट उक्त लत्ताकपडा वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?