गरिबीमाथि पूर्ण विजय प्राप्त गरेको चिनको दाबी

एजेन्सी । चिनियाँ प्रधानमन्त्री सी जिनपिङले गरिबी निवारणको युद्धमा चिनले पूर्ण विजय हासिल गरेको घोषणा गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको सतवार्षिकीको चार महिना अगाडि बिहीवार बेइजिङमा आयोजित सम्मेलनका क्रममा उनले गरिबी निवारणका क्षेत्रमा विजयी हासिल गरेको घोषणा गरेका हुन् ।

योसँगै चिनले सन् २०२१ मा पहिलो शताब्तीमा हासिल गर्ने भनेको पहिलो शताब्दी लक्ष्य हासिल गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

यसबीचमा चिनले सबै ग्रामिण क्षेत्रका गरिब जनतालाई अहिलेको मापदण्ड अनुसार गरिबीबाट माथि उकासेको छ। जसमध्ये ८३२ काउन्टीहरु, एक लाख २८ हजार गाउँ र करिब १० करोड जनसंख्याको जीवनस्तर सुधार गरिएको छ।

यस्तै चिनले दोस्रो शताब्दीको लक्ष्य सन् २०४९ मा समृद्ध, शक्तिशाली, प्रजातान्त्रिक, सांस्कृतिक रुपमा सम्पन्न र सामाञ्जस्यपूर्ण आधुनिक सामाजवादी राष्ट्र निर्माणको लक्ष्य हासिल गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?