कोरोनाको दीर्घकालीन प्रभावबाट मुक्त भएका बिरामीको अनुभव सुन्न विश्व स्वास्थ्य संगठनको आग्रह

एजेन्सी । कोभिड–१९ को दीर्घकालिन असरबाट मुक्त भएका व्यक्तिका अनुभव विशेष प्राथमिकताका साथ सुन्नुपर्नेमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले जोड दिएको छ। कोरोना भाइरसको दीर्घकालीन असरका बारेमा बुझ्न दीर्घकालिन असरबाट मुक्त भएकाहरुको अनुभव सुन्नुपर्ने डब्लूएचओका युरोप क्षेत्रीय निर्देशक ह्यान्स क्लुगले बताएका छन् ।

‘हामीले कोभिड–१९ सङ्क्रमणबाट मुक्त भएका व्यक्तिका अनुभव सुन्यौँ भने यसले कोभिडका कारण हुने दीर्घकालीन असरलाई बुझ्न सहज हुनेछ, क्लुगले पत्रकारहरुसँग भने । कोभिड–१९ ले निम्त्याउने दीर्घकालीन परिणामलाई स्वास्थ्य अधिकारीले प्राथमिकतामा राख्नु बिरामीका साथै रोगबारे हुने अनुसन्धानका लागि पनि महत्वपूर्ण विषय भएको क्लुगलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?