सिरियास्थित इरान समर्थित लडाकुको शिविरमा अमेरिकाको आक्रमण

एजेन्सी । सिरियामा रहेको इरान समर्थित लडाकुको शिविरमा अमेरिकाले हवाई आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्देशनमा बिहीवार साँझ सिरियाको पूवी क्षेत्रमा इरान समर्थित लडाकुको शिविरमा आक्रमण गरिएको अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रवक्ता जोन किब्रीलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

इराकमा रहेको अमेरिकी सेनाको शिविरमा केही समयअघि इरानबाट भएको आक्रमणको जवाफी कारबाहीस्वरूप अमेरिकाले आक्रमण गरेको उनले बताए । गत हप्ता अमेरिकी सेनाको शिविरमा आक्रमण भएको थियो । उक्त आक्रमणमा परी एक गैरअमेरिकी ठेकेदारको ज्यान गएको थियो भने चार अमेरिकी ठेकेदारसहित ६ जना घाइते भएका थिए ।

अमेरिकाको आक्रमणमा १७ लडाकु मारिएका त्यहाँको मानव अधिकार पर्यवेक्षक संस्थालाई उदृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?