चीनले आन्तरिक मामिलामा हस्तक्षेप गरेको ताइवानको आरोप

ताइपेइ– चीनले आन्तरिक मामिलामा हस्तक्षेप र दमन गरेको भन्दै ताइवानले आलोचना गरेको छ ।

चीनको दबाबमा दक्षिण अमेरिकी मुलुक गुयनामा ताइवानको प्रतिनीधि कार्यलय स्थापना गर्ने सहमति गुयनाले खारेज गरेको भन्दै ताइवानले चीनको निन्दा गरेको हो । गुयनामा ताइवानको कार्यालय स्थापना गर्ने सहमतिबारे गलत बुझाइ भएको भन्दै गुयनाको विदेश मन्त्रालयले सहमति खारेज गरेपछि तनाब बढेको हो । तर, गुयनामा आफ्नो प्रतिनीधि कार्यालय बनाउने सहमति सञ्चारमाध्यमवाट नै सार्वजनिक गरेको ताइवानको विदेश मन्त्रालयले बताएको छ।

चीनको विदेश मन्त्रालयले तत्काल ताइवानसँगको सहमति खारेज गरी गल्ती सच्याउने गुयनालाई आग्रह गरेको थियो । ताइवान एक चीन नीतिको हिस्सा भएको भन्दै ताइवानको स्वतन्त्र कुटनीतिक नीति मान्य नहुने चिनीयाँ विदेश मन्त्रालयका प्रवत्ता वान वेनवीनले बताएका थिए । चीनले ताइवान एक चीन नीतिको हिस्सा भएको दाबी गर्दै आएको छ भने स्वतन्त्र सरकार भएको ताइवान आफु स्वतन्त्र मुलुकको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?