शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? जान्नैपर्छ यी कुरा (विज्ञका टिप्ससहित)

लोकपथ
0
Shares

काठमाडौँ – शेयर बजारमा जानेर लगानी ग-यो भने सानो लगानीबाट पनि मालामाल भएका उदाहरणहरु प्रशस्तै छन् । त्यसकारण शेयर बजारमा कसरी लगानी गर्ने र कसरी बढी भन्दा बढी प्रतिफल प्राप्त गर्ने भन्ने विषयमा शेयर बजार सम्बन्धी केही जानकारी हासिल गर्नैपर्छ ।

शेयर बजारका विषयमा राम्रोसँग जानकारी प्राप्त गर्न सकिएन भने लगानी डुब्न सक्छ । शेयर बजारमा लगानी गर्दा तत्काल होइन, दीर्घकालिन रुपमा नाफा कमाउने हिसाबले लगानी गर्नुपर्छ ।

शेयर बजारका बारेमा सामान्य जानकारी
शेयर बजारबारे बझ्दा शेयर भनेको के हो, लाभांक के हो, बोनस शेयर के हो, लाभांश हकप्रद के हो, डिम्याट अकाउन्ट, अनलाइन ट्रेडिङ लगायतका विषयमा बुझ्नु जरुरी छ । अनलाइन ट्रेडिङ गर्दा ट्रयापहरु के के फाल्छन् रु खेलाडीले कसरी खेल्न खोज्छन्, साना लगानीकर्ताको मेजर मनीसँग ठूला लगनीकर्ताले कसरी ट्रयापमा राख्छन् भन्ने लगायतका जानकारी हुनु शेयर बजारमा लगानी गर्नुपुर्व राम्ररी जानकारी लिनु अत्यन्तै आवश्यक छ ।

कम मूल्य र कमजोर शेयर बेचौँ
राम्रो कम्पनीको सेयर केही नाफा हुने बित्तिकै बिक्री गरिहाल्ने गर्नहुँदैन । यो बिल्कुलै गलत प्रवृति हो । कम मूल्य र कमजोर कम्पनीका शेयर बिक्री गर्दा नै फाइदा हुन्छ । त्यस्तै,राम्रो कम्पनीको शेयर लामो समयसम्म होल्ड गर्न सके त्यसबाट ठूलै प्रतिफल प्राप्त गर्न सकिन्छ । कुनै पनि कम्पनीको शेयरमा पहिरो गएपछि त्यो फेरि बढ्ला भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यसकारण राम्रा शेयरलाई बेवास्ता गर्नुहुँदैन। कुनै शेयरबाट घाटा भयो भन्दैमा चिन्ता गरिहाल्नु हुँदैन ।

अर्काको लहैलहैमा लागेर शेयरमा लगानी गर्नुहुँदैन 
शेयर बजारमा लगानी गर्दा अर्काले गर या नगर भनेको भरमा लगानी गर्नुहुँदैन । शेयर बजारका बारेमा सामान्य जानकारी हासिल गरेर मात्रै लगानी गर्नुपर्छ ।

कसरी किन्ने ?
आईपीओ जारी गर्नुभन्दा १ साताअघि सम्बन्धित कम्पनीहरूले आह्वानपत्र निष्कासन हुन्छ । यो आह्वानपत्रमा कति शेयर, कुन मितिदेखि निकाल्दै छ भन्ने जानकारी हुन्छ ।

आह्वानपत्रले कम्पनीको शेयरमा कतिसम्म र कहाँबाट आवेदन दिन सकिन्छ भन्ने बाहेक कम्पनीको हालको स्थिति र भविष्यको योजना समेत उल्लेख गरेको हुन्छ । आह्वानपत्र अध्ययन गर्न सक्नेले त्यहीँबाट पनि कम्पनीको धेरै जानकारी प्राप्त गर्न सक्छन् । यस्तो आह्वानपत्र धितोपत्र बोर्डबाट स्वीकृत भएको हुन्छ । आह्वानपत्रमा उल्लेख भएको शेयर बिक्री प्रबन्धक तथा तोकिएका सङ्कलन केन्द्रबाट शेयरमा लगानी गर्न फारम उपलब्ध हुन्छ । फारममा लगानीकर्ताले कति कित्ता शेयर लिने उल्लेख गरेर आफ्नो बारेमा आवश्यक जानकारी पनि भर्नुपर्छ । शेयर फारममा हस्ताक्षर समेत गर्नुपर्ने हुन्छ । त्यस्तै,विभिन्न बैंकहरुबाट पनि शेयर खरिद गर्न सकिन्छ ।

बैंक खाता अनिवार्य  :

फारम भर्नेको बैङ्क खाता अनिवार्य हुनुपर्ने व्यवस्था छ । मागेको भन्दा कम शेयर परेमा वा शेयर नपरेमा त्यही खातामा रकम जम्मा गर्न मिल्ने गरी बिक्री प्रबन्धकले एकाउण्ट पेयी (अर्थात् खातामै रकम जाने) चेक जारी गरिदिन्छ । फारम भर्न जाँदा आफ्नो पासपोर्ट साइजको दुईप्रति फोटो र नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने हुन्छ । सक्कल नागरिकता प्रमाणपत्रसमेत सङ्कलन केन्द्रमा देखाउनुपर्ने भएकाले साथमै बोक्नुपर्छ । निश्चत सीमाभन्दा बढी रकमको शेयर माग गर्दा आम्दानीको स्रोत उल्लेख गर्नुपर्ने र एकाउण्टपेयी चेकबाटै भुक्तानी गर्नुपर्छ ।

सानो रकमको शेयरलाई पनि जतन गर्नुपर्छ : 
अहिले प्रतिकित्ता १०० रुपैँयामा शेयर किन्न पाइन्छ। सस्तो मूल्य भयो भन्दैमा त्यसलाई हटाइहाल्नु हुँदैन  । त्यसले पछि राम्रो प्रतिफल दिन सक्छ । थोरै रकमको सस्तो शेयर भनेर हेला नगर्नु। आफ्नो ‘पोर्टफोलियोमा’ यस्ता शेयर पनि राख्नुपर्छ । यसले एकैपटक डुब्नबाट जोगाउँछ ।

भविष्यप्रति केन्द्रीत बन्नुुहोस् : 
शेयर बजारमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको कुन कम्पनीको शेयर किन्दा राम्रो हुन्छ भन्ने यकिन गर्नु हो । त्यसैले विगतदेखि वर्तमानसम्म कुन कम्पनीले कस्तो प्रदर्शन गरेको छ, त्यो हेर्नु जरुरी छ ।

दीर्घकालिन सोच बनाउनुहोस् :
शेयर बजारबाट छोटो समयमै ठूलो नाफा कमाएर मालामाल हुन्छु भन्ने निराश हुन सक्छ । कहिलेकाँही घाटा पनि खानुपर्छ । शेयर बजारमा धेरै नयाँ लगानीकर्ता आइरहेका हुन्छन् । त्यसैले तत्काल नाफा नभएपनि दीर्घकालिन रुपमा नाफा हुने खालका कम्पनीको शेयर खरिद गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?