अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

नुवाकोट । ककनी गाउँपालिका १ खाउटोलबाट अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर नगरपालिका ३ बस्ने ४० वर्षीय शशि कपुर दमाई रहेका छन् ।

हिजो बुधवार साँझ करिब २ किलो अवैध लागूऔषध गाँजासहित दमाईलाई प्रहरी चौकी ओखरपौवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?