म्यानमारको सेनामाथि फेसबुकको अनिश्चितकालीन प्रतिबन्ध

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामले म्यानमारको सेनासँग सम्बन्धित सबै खाताहरूलाई प्रतिबन्ध लगाएको छ ।

सैन्य ‘कू’ पछि बढेको हिंसाका कारण फेसबुक र इन्स्टाग्रामले सैनिक शासक र उनीहरुलाई समर्थन गर्नेलाई प्रतिबन्ध लगाएको फेसबुकले जनाएको छ ।

फेसबुकका अनुसार म्यानमारको सेनाले फेसबुकलाई २०२० मा भएको निर्वाचनमा धाधली भएको भन्ने आफ्नो दाबिको प्रचारका लागि प्रयोग गरेकोले प्रतिबन्ध गरेको हो । फेसबुकले यसअघि नै म्यानमारको सेनाको मुख्य पेजलाई प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।

हिजो बुधवार राति देखि सेना र सेनाको ‘कू’ लाई समर्थन गर्नेहरुलाई अहिलेको परिस्थितिलाई हेरेर अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको फेसबुकले जनाएको छ ।

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भएका प्रदर्शनमा अहिलेसम्म तीन प्रदर्शनकारी र एक प्रहरीको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?