भागरथी घटनाको अनुसन्धानमा संलग्न २ जना प्रहरीको बढुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न २ जना प्रहरी कर्मचारीलाई १ तह बढुवा गरेको छ ।

अनुसन्धानमा खटेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापालाई प्रहरी नायब निरीक्षक (सई) मा र इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापालाई प्रहरी हवल्दार पदमा बढुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरूलाई कार्य कुशलताको कदरस्वरूप प्रहरी नियमावली २०७१ (संशोधन सहित) परिच्छेद (४) को नियम ३९ को (क) बमोजिम १ तह माथिल्लो पदमा पदोन्नति गरिएको हो ।

आज (बिहीवार) सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले बढुवा भएका दुवै जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?