अक्सफोर्ड विश्वविद्यालयले गर्‍यो कोरोना खोप चक्कीमार्फत दिने तयारी

काठमाडौं । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोनाको खोप चक्कीको रूपमा विकास गर्ने तयारी गरीरहेको छ । सुई लगाउन डराउने मानिसका लागि छिट्टै कोरोनाको खोप चक्कीका रूपमा दिइने विश्वविद्यालयकी वैज्ञानिक प्रोफेसर साराह गिल्बर्टले बताएकी हुन् ।

उनले इम्युनीटी बढाउन चक्की खाएर लगाइने खोप र नाकमा स्प्रे छर्किएर लगाइने खोप दुवै विकल्पको अनुसन्धान गरीरहेको जनाएकी छिन् । गिल्बर्टका अनुसार हातमा लगाइने सुईबाट भन्दा नेजल स्प्रे र चक्कीको इम्युन रेस्पोन्स केही फरक हुने र त्यसले फाइदा राम्रै गर्ने बताएकी छिन् ।

उनले बेलायती सांसदहरूलाई सुई लगाउन डराउने मानिसका लागि खोप दिन तथा थप राम्रो इम्युन रेस्पोन्स जगाउन चक्की बनाइरहेको जानकारी दिइन् ।

खोपको चक्की बनेमा त्यसलाई भण्डारण र बिभीन्न ठाँउमा पुर्‍याउन सहज हुने विश्वास लिइएको छ ।

  • एजेन्सी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?