अपडेट : इक्वेडरको जेलमा भएको झडपमा ज्यान गुमाउनेको संख्या ७९ पुग्यो

RSS
13
Shares

ग्वायाक्युली । इक्वेडरमा गत मंगलवार जेलहरुमा भएको दङ्गामा परी ज्यान गुमाउने व्यक्तिको संख्या ७९ पुगेको प्रहरी स्रोतले आज (बिहीवार) जनाएको छ ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले चार ओटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक सङ्गठनको हात रहेको आरोप लगाएका छन् ।

मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिँदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ । गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो ।

गतवर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न प्रयासको लागि जेलमा आपतकालिन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए । गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै सात घाइते भएका थिए ।

यो पनि पढ्नुहोस : अपडेट : इक्वेडरको कारागारमा भएको झडपमा ज्यान गुमाउनेको संख्या ७५ नाघ्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?