नेपालमा कोरोना : थप ९४ जनामा कोरोना पुष्टि, हाल ६३ जना क्वारेन्टाइनमा

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस(कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

योसँगै हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ७ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७१ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७० हजार १ सय ३९ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या २६ सय ८४ पुगेको छ । यो संख्या विभिन्न निकायहरुबाट प्राप्त हुन आएको तथ्यांकका आधारमा मृतक संख्या २६ सय ८४पुगेको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ९ सय ३७ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । भने हाल ६३ जना क्वारेन्टाइन र २१ लाख ५० हजार २ सय २५ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?