पहाडी क्षेत्रमा बदली भइ हल्का वर्षाको सम्भावना

काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रको मौसम सफा छ । पश्चिमी वायूको आंशिक प्रभावले दिउँसो उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी आज राती पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?