यसरी भएको थियो मंगल ग्रहमा अन्तरिक्ष यान ल्याण्डिङ (भिडियोसहित)

एजेन्सी । अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्दै गरेको एउटा अद्भुत भिडियो सार्वजनिक गरेको छ ।
गत हप्ता नासाले मंगल ग्रहमा पर्सिभिअरेन्स रोभर नामक अन्तरिक्ष यान अवतरण गरेको थियो । नासाले मंगल ग्रहको सतहमा यान अवतरण गर्दाको अन्तिम क्षण कैद भएको भिडियो सार्वजनिक गरेको हो ।

अन्तरिक्ष यानलाई रकेटले झुलाउँदै जेजेरो क्रेटर नाम दिइएको सतहमा राखेको थियो । नासाले यान अवतरण भएको पल रेकर्डिङ गर्नका लागि मात्र सात वटा क्यामेराहरु राखेको बीबीसीले जनाएको छ ।

भिडियोमा रोबोटका चक्काले मंगल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?