काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलवारका लागि सुरक्षा परिषदको बैठक बोलाएका छन् । रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले सुरक्षा परिषदको बैठक बिहान साढे ९ बजेका लागि बोलाएका हुन् ।
आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ । सुरक्षा परिषदको बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सहभागी हुनेछन् ।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमलाई नै मध्यनजर गरेर प्रधानमन्त्रीले बैठक बोलाएको अड्कलबाजी भइरहँदा रक्षा सचिव रेश्मीराज पाण्डेले भने आजको बैठक नियमित भएको जनाएका छन्।
प्रतिनिधिसभा विघटनको मुद्दामा फैसलाको व्यग्र प्रतीक्षा भइरहेका बेला बैठक बस्न लागेकाले पनि बैठकप्रति धेरैको चासो रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया