बाँके- बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहस्थित सीमा ईलाकाबाट फागुन ९ गते एपीएफ टोलीले श्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर बताउने ५४ बर्षिय मुनवर खान छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जमुनाहबाट खटिएको एपीएफ टोलीले उल्लेखित भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । एपीएफ टोलीले निज खानलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र निज खानले उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका निज खानलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व कार्यालय कोहलपुरमा बुझाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया