नेपालमा कोरोना : सक्रिय संक्रमित १५ सय २९ मात्रै, कति छन् क्वारेन्टाइनमा ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ५सय ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमण मुक्त भएको र मृतक संख्या शुन्य रहेका छन् । मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या एक हजार ५ सय २९ जना रहेका छन् । भने २ हजार २ हजार ६१ जनाको कोरोनाको कारण मृत्यु भएको छ । साथै हालसम्म २ लाख ६९ हजार ९ सय ६६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

हालसम्म २१ लाख ४३ हजार ६ सय १५ जनाको पीसीआर परीक्षण गरिएको छ । भने ६६ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?