काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गरिएको छ ।
सोमवार (आज) साढे २६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण गरिएको हो।
त्यस्तै मुहानस्थित अस्थायी ड्यामबाट पठाएको पानी दुई सय ७० मिटर पार भएको छ।

खानेपानी मन्त्री मणि चन्द्र थापाबाट कन्ट्रोल कक्षको स्वीच थिचेर पानी परीक्षण सुरुवात भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । साथै अवसरमा युवा तथा खेलकुद मन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पनि सरिक रहेका थिए।

त्यस्तै यसअघि ३ चैत्र २०७६ मेलम्ची खानेपानी आयोजनाको मुहानस्थित मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको थियो। त्यतिबेला आयोजनाको मुहानस्थित ‘हेड वर्क्स’बाट अम्बाथान अडिटसम्मको एक किलोमिटर सुरुङमा पानी पठाएर पहिलो परीक्षण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया